रूपन्देही अदालतमा लामिछाने आज उपस्थित नहुने

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ ७ ।   बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणका प्रतिवादी रास्वपा सभापति रवि लामिछाने आज अदालतमा उपस्थित नहुने भएका छन् ।

रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा आज रुपन्देही जाने पूर्व तयारीमा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने काठमाडौंमै रोकिएका हुन् ।

आइतबार ढिलो गरी रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी अदालतमा आफैं उपस्थित हुने तयारीमा थिए ।

आइतबार ढिला मात्रै मुद्दा दर्ता भएकाले सोमबार बुटवल जान सम्भव नभएको लामिछानेको सचिवालयमा रहेका अविनाश आचार्यले बताए । उनका अनुसार लामिछानेले आज कानुनविद्सँग सल्लाह गर्दैछन् । सम्भवतः उनी आज साँझसम्म रुपन्देही जाने र मङ्गलवार बिहान सुरुमै अदालतमा उपस्थित हुनेगरी तयारी भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर