एनएमबि बैंकले कमायो २ अर्ब ३५ लाख नाफा  

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ ७ ।  एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्तसम्ममा २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

बैंकको उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८२ पैसा रहेको छ । बैंकका प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ ।

चालू आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत बढेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ४७ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ३.९३ प्रतिशत रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर