वकिलहरूको दलीय सदस्यता खारेज गरौं – प्राडा विजयप्रसाद मिश्र

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, वैशाख ६। नेपाल बार एसोसिएसनका नवनियुक्त अध्यक्ष प्राध्यापक डाक्टर विजयप्रसाद मिश्रले वकिलहरूको दलीय सदस्यता खारेजीका लागि अध्यक्षका प्रतिद्वन्द्वी रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई सर्तसहित प्रस्ताव गरेका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा माओवादीनिकट व्यावसायिक कानून व्यवसायी समूहका वरिष्ठ अधिवक्ता श्रेष्ठले मिश्रलाई सरकारी उम्मेदवारका रूपमा टिप्पणी गरेका थिए । वकिलले गर्ने काम राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव कार्यान्वयन गर्ने,’ उनले श्रेष्ठलाई चुनौती दिँदै भने, ‘तपाईँ तयार हो भने भन्नुस् हामी प्रस्ताव पास गर्दिन्छौ । हामी सबै राजनीतिबाट मुक्त हुन्छौँ ।’गएको चैत २२ गते सम्पन्न बारको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट कानून व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवम् समावेशी कानून व्यवसायी समूहका मिश्र अध्यक्षमा विजयी भएका थिए । नयाँ नेतृत्वलाई सत्तानिकट दलहरूको गठबन्धनबाट निर्वाचित भएको आरोप लागेकोमा त्यसरी नहेरिदिन समेत उनले अनुरोध गरे । उनले यसअघि पनि बारमा राजनीति हुने गरेको बताउँदै आफूलाई राजनीतिक व्यक्तिको रूपमा नहेर्न आग्रह गरे । शनिबार पदभार ग्रहण गर्दै उनले बारमा कहिले बालुवाटार र कहिले सत्तारुढ दलहरू लागेको भनी हल्ला फैलाइएको भन्दै आफूहरू दलीय सदस्यता खारेजीका लागि तयार रहेको बताए ।

‘म मेरा मित्र रमनकुमार श्रेष्ठलाई मेन्सन गरेर भन्न चाहन्छु । तपाईं राजनीति सबै वकिललाई छोडाउन चाहनुहुन्छ भने हामी एउटा प्रस्ताव राख्छौँ बार एसोसिएसनबाहेक नेपालका सबै दलीय सदस्यता र अन्य सदस्यता खारेज गर्ने र वकिलको सदस्यता नेपाल बार एसोसिएसन हो । वकिलको विधान बारको विधान हो । ‘बारको निर्वाचनको दौरान हामीलाई सरकारी, बालुवाटार के के भनियो, त्यसको म खण्डन गर्छु,’ उनले भने, ‘बारमा राजनीति सधैँ भइआएकै छ । गणेशराज शर्मा बारमा धेरै राजनीति भयो म कहिल्यै पाइला टेक्दिनँ भन्दै हिँडेको हाम्रै आँखाले देखेको हो।’उनले बार एसोसिएसनसँग छलफल नगरी न्यायाधीश नियुक्ति नगर्न पनि खबरदारी गरे ।

शनिबार नेपाल बार एशोसिएशनको आयोजनामा वार्षिक साधारण सभा ९२०८०/८१० तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। गत फागुन २२ गते सम्पन्न बारको निर्वाचनमा मिश्रसहितको प्यानल निर्वाचित भएको थियो । उनले बारलाई कमजोर पार्ने अभिव्यक्ति सह्य नहुने बताए । प्रधान न्यायाधीश र न्यायाधीशहरूले अर्को वकिलको जमात पनि राखिएको भन्ने गरेको गरिएको बताउँदै बार वकिलहरूको संगठन हो भनेर आफूहरूले प्रमाणित गर्ने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर