हङकङमा राजकुमार राई सम्मानित

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ वैशाख ६। हङकङ।आज शनिबार हङकङमा लोहोरूङ याक्खा युयोङ हङकङले पुस्तकालय अभियान्ता साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक / प्रकाशक राजकुमार राईलाई सम्मान गरेको छ।

नेपालको विभिन्न स्थानमा पुस्तकालय स्थापना साथै किवाहाङ उपन्यास प्रकाशनबाट नेपाली भाषा साहित्यको योगदान को निम्ति एक समारोहबीच राईलाई कदर पत्रसहित सम्मान प्रदान गरेको हो । कार्यक्रममा गोर्खा समेस्ट्री ट्रष्टका सचिव गाउँ आएको बाटो फिल्मका निर्माता अमोद राईले राजकुमार राईले डायस्पोराको व्यस्त जीवनमा पनि नेपाली भाषा साहित्यको निम्ति साहित्यिक पत्रिका प्रकाशन गर्ने देखि नेपालमा पुस्तकालय स्थापना गर्दै आउनु भएको उदाहरणीय कर्म हो उहाँबाट हामीले सिक्नु पर्छ भन्नु भयो अहिले नेपाली साहित्यमा गोर्खाहरूको इतिहासमा आधारित उपन्यास किवाहाङ ल्याउनु भएको छ । दुइ विश्व युद्ध लगायत युद्धका कथाहरू ६ दशक अगाडिको नेपालको जनजीवन ६ दशक अगाडि पहिलो विदेश पुगेका गोर्खाहरू संघर्ष दु:ख विभेद उपन्यासमा आएको महत्वपूर्ण उपन्यास रहेको बताउनु भयो ।

राजकुमार राईले सम्मान प्रदान गर्ने संस्था लाई धन्यवाद प्रकट गर्दै पुस्तकालय अभियान बृहत गर्दै लाने वताउनु भयो । किवाहाङको सन्दर्भमा आज गोर्खा लाहुरे आकर्षण होला तर हिजो जबरजस्ती ५२ लाख जनसंख्या भएको नेपालबाट ८ लाख युवाहरू घर गोठ बाटो तत्कालीन सरकारले जबरजस्ती पक्राउ गर्दै प्रलायकारी युद्धमा पठाए आधा भन्दा धेरै बेपत्ता भए सहादत भए आग भंग भए अहिले सम्म कतैबाट चासो दिएन उनिहरू को न्याय को निम्ति पनि लेखेको हुँ । ६ दशक अगाडि नेपालीहरू मलाय सिंगापुर, ब्रुनाई , बेलायत हङकङ आदि देशको स्थानिय हरू को जनजीवन सग कसरी घुलमिल भएर आफ्नो सैनिक जीवन व्यथित गरेका थिए उल्लेख गरेको छु । उपन्यास यथार्थ घटनाक्रमलाई औपन्यासिकता दिएको छु । उपन्यास पढ्दै गर्दा इतिहास पनि पाठकले पढ्ने छ भन्नु भयो ।

संस्थाका सल्लाहकार पुष्प राईले कार्यक्रमको स्वागत गर्दै राजकुमार राईले पुस्तकालय अभियान नेपाल मा सन्चालन गरेर पुण्य कर्म गर्नु भएको छ उहाँको अभियानलाई सहयोग समर्थन गरौं भन्नु भयो । उद्घोषक धर्म खिम्पुले राईले किवाहाङ उपन्यासको प्रसंगहरू जोडिनु भएको थियो । उपन्यास प्रत्येक नेपालीहरूले पढ्नु पर्ने सार्है पठनिय रहेको किवाहाङ धार्मिक पुस्तक जस्तो घर घरमा राख्न अनुरोध गर्नु भएको थियो । देउराली क्लब नाइट मार्केट जोडर्न हङकङमा भएको समारोहका सभापति जित बहादुर राईले उपन्यासकार पुस्तकालय अभियान्तालाई बधाइ तथा शुभकामना प्रकट गर्दै सभा विर्सजन गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर