पूर्वराजा ज्ञानेन्द्र शाह ९ गते गोरखा जाँदै

  चैत ०५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ६ ।  पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् ।
यही शनिबार ९ गते पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको हो ।

सम्वाद सचिव डा।फणीराज पाठकले बुधबार सूचना जारी गर्दै प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला शाह पुन गोरखा जान लागेका जनाएका छन् । पूर्वराजा शाहले शनिबार मनकामना मन्दिरमा पूजाअर्चना गरेर आइतबार काठमाडौं फर्किने छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर