एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने

  फागुन ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन ७ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारले ल्याएको विभिन्न अध्यादेशको विपक्षमा उभिने निष्कर्ष निकालेको छ । संसद्मा अध्यादेश निर्णयार्थ पेस भए त्यसको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौंमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने कार्यविधि र अन्तरवस्तु गलत र हानिकारक रहेको निष्कर्ष निकाल्दै त्यसको विपक्षमा उभिने निर्णय गरेको हो ।

सरकारले पछिल्लो समय ल्याएको अध्यादेशबाट भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने एकीकृत समाजवादीको निष्कर्ष छ ।

तपाईंको प्रतिक्रिया

थप खबर