आज मंगल चौँथी : भगवान् श्री गणेशको पूजा आराधना गरिँदै

  चैत ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ५ ।  मंगल चौथी । चतुर्थी तिथि र मंगलबारको संयोगमा सनातन धर्मावलम्बी मंगल चौथी पर्व मनाउँछन् । यो दिन विशेषगरी भगवान् गणेशको आराधना गर्ने परम्परा छ । चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ । यस्तै मंगलबारका ‘स्वामी’ पनि गणेश नै मानिएका छन् । तिथि र बारको संयोग भएको यो दिनमा उनको आराधना उपयुक्त मानिन्छ ।

सिन्दुर,​ रक्तचन्दन, फूल, अक्षता, दुबो, जनै, फल नैवेद्य आादि अर्पण गरेर उनको पूजा गरिन्छ । यो दिन विशेषगरी २१ दुवो र २१ लड्डु चढाएर भगवान् गणेशको पूजा गर्ने विधि ५ । ‘ॐ गणपतये नमः’ यो वचन प्रयोग गरी पूजासामग्री चढाउने विधि उल्लेख छ । शिव र पार्वतीका पुत्र गणेश बिघ्नहर्ता र सबै कार्यमा सिद्धि प्रदान गर्ने देवता हुन्। विद्याबुद्धि र सन्तानप्राप्तिको कामना गर्दै उनको आराधना गरिन्छ ।

मंगल चौथीका अवसरमा विनायक मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ । काठमाडौं उपत्यकामा चार विनायक (सूर्य–चन्द्र–मरु–जल) का साथै कार्यविनायक र कमलविनायकलगायत मन्दिर यो दिनका गन्तव्य हुन् । यसअघि मंसिर ४ गते मंगल चौथी परेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर