बाढी र पहिरोले क्षति पुगेको आयोजनाको पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोडको स्रोत सहमति

  फागुन ०६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन ६ ।  अर्थ मन्त्रालयले असोज दोस्रो साता आएको बाढी र पहिरोका कारण क्षति भएका २६ वटा आयोजनाको पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भएको थियो, र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज पुनर्निर्माणका लागि स्रोत सहमति दिने निर्णय गरेका छन्।

यसमा १३ वटा सडक र १३ वटा पुलका पुनर्निर्माणका लागि योजना रहेका छन्। सडक पुनर्निर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्ग लगायतका प्रमुख योजनाहरू समावेश छन्।

अर्थ मन्त्रालयले जाजरकोटको भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण अघि बढाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अस्थायी कार्यालय स्थापनासँगै दरबन्दी सिर्जना गर्न पनि सहमति प्रदान गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर