मिडियाबाजी डटकम काठमाडौँ,फागुन ५। धादिङ। धादिङ जिल्लामा प्रथम बागमती साहित्य महोत्सवको आयोजना गरिने भएको छ।
” साहित्य ,कला र संस्कृतिको प्रवर्धन बागमती सभ्यताको सम्बर्धन ” भन्ने नाराका साथ प्रथम बागमती साहित्य महोत्सव हुने भएको हो । पर्यटन तथा संस्कृति मन्त्रालय बागमती प्रदेश सरकारको आयोजनामा यहि फागुन १६ र १७ गते आयोजना हुने उक्त कार्यक्रमको बारेमा जानकारी गराउने उद्देश्यले हिजो धादिङ बेसीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। उक्त सम्मेलनमा बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री विमल ठकुरीले महोत्सवको प्रतीक चिन्ह तथा शीर्ष गीत सार्वजनिक गर्नुभयो ।
![](https://www.mediabaaji.com/wp-content/uploads/2025/02/IMG_20250217_080731-1024x362.jpg)
पत्रकार सम्मेलनको अध्यक्षता मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले गर्नुभएको थियो । महोत्सवको प्रतीक चिन्ह बिनोद बिम्बितले डिजायन गर्नुभएको हो । महोत्सवको शीर्ष गीतको शब्द रचना डा. नवीनबन्धु पहाडीले गर्नुभएको हो भने सङ्गीत संयोजन लालकाजी श्रेष्ठले गर्नुभएको जानकारी मिडियाबाजी डटकमलाई प्राप्त भयो।
![](https://www.mediabaaji.com/wp-content/uploads/2025/02/IMG-20250217-WA0000-1024x1024.jpg)