मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ३ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि हङकङ विरुद्ध खेल्दै छ ।
नेपाली समय अनुसार यो खेल अपरान्ह १२:४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।
नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो । अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् ।
त्यस्तै फाइनलमा भने शिर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।