विपिनको रिहाइका लागि सहयोग गरिदिन कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको आग्रह

  फागुन ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , फागुण ४ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उनीहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर