मिडियाबाजी डटकम काठमाडौँ , फागुण ३ । दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन गरिएको छ । कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो ।
अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा बिक, मगर, इसार र घिसिङ थरका एक,एक जना नेपाली रहेका छन् । उनीहरू यसैसाता कोरियन एयरलाइन्समार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् ।
पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन् ।