रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ २ ।  सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सो आदेश दिएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको थियो ।
यसअघि जिल्ला अदालत कास्कीले पनि ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर