मिडियाबाजी डटकम काठमाडौँ , फागुण २ । रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड गरिएको छ । बिहीबार राति साढे ११ बजेतिर अज्ञात व्यक्तिले अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको लु झ ३९५ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड गरिएको रुपन्देही प्रहरीले जनाएको छ । गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रञ्जित सिंह राठोरले गाडी तोडफोड गर्नेको खोजी भइरहेको जानकारी दिए ।