मिडियाबाजी डटकम काठमाडौँ , फागुण २ । चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गते बसेको पाँचौ बैठकले कार्यकारी समितिलाई शैक्षिक सत्र २०७६र७७मा दिएको सिट निर्धारण लगायतको लागि दिएको अधिकार हालसम्म प्रयोग भएको पाइएको छ ।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्क्षतामा २०८१ माघ २५ गते बसेको बसेको आयोगको १६ औँ वैठकबाट सो अधिकार प्रत्यायोजन फिर्ता गर्ने निर्णय गरेको हो। आयोगको पाँचौ तथा १६ औँ दुबै वैठकको अध्यक्षता भने अध्यक्ष केपी शर्मा ओलीले नै गरेका थिए ।
अब समितिले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ बमोजिम उल्लिखित विषयहरूलगायतका आयोगको क्षेत्राधिकारका विषयहरूमा निर्णय गर्नुपर्दा कार्यकारी समितिको सिफारिसमा आयोगको बैठकमा निर्णयका लागि पेस गर्ने छ ।