उपाधिका लागि कुवेतले दियो नेपाललाई १७५ रनको लक्ष्य

  चैत ३०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ३१ ।   हङकङमा भइरहेको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा कुवेतले नेपाललाई उपाधिका लागि १७५ रनको लक्ष्य दिएको छ । मङ्ककस्थित मिसन क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

कुवेतले ९ ओभरमा २ विकेट गुमाउँदै १०० रन पूरा गरेको थियो । १० ओभरमा कुवेतले २ विकेटको क्षतिमा ११० रन बनायो । १० ओभरसम्म निकै आक्रामक खेलेको कुवेतको तेस्रो विकेटका रुपमा उस्मान पटेलको विकेट गएपछि भने कुवेतको बाउन्ड्रिहरु रोकियो । कुवेतका लागि ओपनर रविजा सान्द्रारुवानले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।

अर्का ओपनर क्लिन्टो एन्टोले २६, मित भवसारले १६ र उस्मान पटेलले २३ रन बनाए । विलाल ताहिर रन आउट भएपश्चात कुवेत ब्याक फुटमा आएको हो । कप्तान मोहम्मद आस्लम १३ र नवीनराज राजेन्द्रन ८ रनमा अविजित रहे । नेपालका लागि बलिङमा नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिए । करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

तपाईंको प्रतिक्रिया

थप खबर