पूर्व आईजीपी जबराको निधन

  २१ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ३१ । नेपाल प्रहरीका १७ औं महानिरीक्षक प्रदीपसमशेर जबराको निधन भएको छ । उनको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी रहेको बताइएको छ । जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म आईजीपी थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा संगठनका थुप्रै कर्मचारी उक्त संगठनमा समायोजित भएका थिए ।

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । त्यसक्रममा इन्स्पेक्टर दर्जामा भर्ना भएर ड्युटीमा खटिना साथ आफ्नै छोरालाई उनले अत्यधिक द्वन्द्व प्रभावित जिल्ला रोल्पामा खटाएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर