देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

  फागुन ०१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , फागुण १ । तनहुँ जिल्लाको प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो ।

विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले समापन गरे । उनले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महामहोत्सव सफल भएको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर