काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा सूचीकृत

  फागुन ०१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , फागुण १ ।  काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई बिहान ११स् १२ बजे १८३ पुगेको छ ।

पाकिस्तानको कराची २२४ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ । दोस्रो स्थानमा नेपालको काठमाडौं शहर रहँदा तेस्रो स्थामा चीन उहान रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर