मिडियाबाजी डटकम काठमाडौँ , फागुण १ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम तोकिएको छ । यसअघि बुधबार सुनको मूल्य १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कारोबार भएको चाँदी बिहीबार बढेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।