कांग्रेस पदाधिकारी बैठक बस्दै

  फागुन ०१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , फागुण १ ।  नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । ​ ​

भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो । पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ । तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर