मिडियाबाजी डटकम काठमाडौँ , माघ ३० । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा बुधबार (आज) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।
पोखरा रंगशालामा दिउँसो साढे २ बजे दुई टोली जितको लक्ष्यसहित मैदानमा उत्रने छन् । सहरा क्लब पोखराको आयोजनामा जारी २४औं संस्करणको खेल फागुन तीन गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् ।