मिडियाबाजी डटकम काठमाडौँ , माघ ३० । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुनेभएको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका सातसहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले बताए । गाउँपालिकाको झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगितामा ‘ए’ डिभिजनको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबसहित सङ्कटा, थ्रीस्टार, त्रिभुवन आर्मी, एपिएफ र चर्च ब्वाईज क्लबको सहभागिता रहने अध्यक्ष थिङले जानकारी दिए ।