तोलामा १६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  पुष २८, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , पौष २८ ।  नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन,चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ६ सय तथा चाँदी १५ रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत शुक्रबार चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो । आज १५ रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर