मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २९ । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याईने भएको छ । प्रहरीको विशेष टोलीले उनलाई काँकटभिट्टा नाकाबाट झापा ल्याएको हो। केहीबेरअघि झापा ल्याइपुर्याएका प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शन स्थलबाट फरार भएका प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइएको हो।
भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका प्रसाईँलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भएपछि सीमा नाकामा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरू भेला भएका थिए । सुरक्षाकर्मी पनि तैनाथ अवस्था छन् ।