राजावादीको चहलपहल पछाडि देश भित्र–बाहिरको चलखेल : प्रचण्ड

  फागुन २७, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, फागुन २७ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूको चहलपहल पछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको टिप्प्णी गरेका छन् । आज (मंंगलबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन् ।

‘राजावादीहरूको यो चहलपहल पछाडि संगठित प्रयास छ भन्ने हामीलाई थाहा छ । यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ उनले भने । यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए । यस्ता चलखेलहरू यही ८ महिनामा अचानक वृद्धि किन भयो भन्ने प्रश्न मूल रहेको उनले बताए ।

‘बन्द कोठामा समेत राजतन्त्रका सपना देख्न डराएकाहरू सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन्,’ उनले भने । पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्ने बुझ्न कठिनाइ नभएको प्रचण्डले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर