प्रधानमन्त्रीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने

  फागुन २७, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, फागुन २७ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) कोशी प्रदेश सभामा सम्बोधन गर्दैछन् । दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको प्रदेशसभा सचिवलायले जनाएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्तारुढ दलहरु एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

एमालेले सोमबार संसदीय दलको बैठकमार्फत् सबै ४० सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो । नेपाली कांग्रेसले पनि आफ्ना २९ सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको छ । प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै कांग्रेसले ह्वीप जारी गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर