बालेनको र्‍यापले कमायो चर्चा, एकदिनमै युट्युब ट्रेन्डिङको दुई नम्बरमा !

  माघ २९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २९ ।  चलचित्र ‘लाज शरणम्’को ‘नेपाल हाँसेको’ बोलको गीत सार्वजनिक भएको एकदिन नबित्दै युट्युब ट्रेन्डिङको दुई नम्बरमा चढेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको शब्द, सङ्गीत र स्वर रहेको उक्त र्‍याप १८ घण्टामा ७ लाख ५५ हजारभन्दा धेरै पटक हेरिएको छ ।

भिडिओमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुषी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ । ‘लाज शरणम्’ हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर