मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २८ । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । तर, अस्ट्रेलियन डलरको विनियमदर भने घटेको छ । विगत केही दिनदेखि घट्दै आएको विदेशी मुद्राहरुको विनियमदर हिजो र अस्ती पनि बढेको थियो । विगत तीन दिनदेखि यी मुद्राको विनियमदर लगातार बढेको हो ।
आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा छ। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा छ ।
त्यस्तै आज पाउन्ड १ को खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा छ। त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ०९ र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा छ । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।