सरकारसँग कुरा मिलेन : ‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन घोषणा

  माघ २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ ।  ताप्लेजुङस्थित पाथीभरामा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले आन्दोलनलाई निरन्तरता दिने भएको छ । सरकारको सहसचिवस्तरीय वार्ता टोलीबाट समस्या समाधान नभएको भन्दै उनीहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।

त्यस्अनुसार फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गरिने भएको छ । केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्ने पनि उनीहरुले जनाएका छन् ।

सरकारसँग माघ २२ गते भएको ६ बुँदे सहमतिको इमान्दारीसाथ कार्यान्वयन नभएको आन्दोलनकारीको भनाइ छ । वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको भन्दै उनीहरुले सरकार निर्णायक वार्ता समिति बनाउन इच्छुक नदेखिएको आरोप लगाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर