‘चिनियाँ सामानमा १०४ प्रतिशत लगाईएको कर सही र महत्त्वपूर्ण छ’ : ट्रम्प

  चैत २६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको ट्यारिफको नीति आफ्नो देशका लागि महत्त्वपूर्ण साबित हुने बताएका छन् । केही चिनियाँ सामानमा १०४ प्रतिशत करको निर्णय गरेपछि ट्रम्पले सो कुरा बताएका हुन् । यता चीनले पनि ट्रम्पले दिएको डेटलाइनमा प्रतिकात्मक करको निर्णयबाट फिर्ता लिन अस्वीकार गरेको छ ।

मंगलबार केही समयका लागि बढेको अमेरिकी शेयर बजार ट्रम्पले चीनविरुद्ध थप करको घोषणा गरेपछि ओरालो लागेको छ। ६० देशलाई असर गर्ने ट्रम्पको यो घोषणा बुधबारको मध्यरातबाट लागू हुने छ । भर्खरै ट्रम्पले राष्ट्रिय रिपब्लिकन कांग्रेसनल कमिटीको डिनरमा उपस्थित हुँदै औषधीमा थप कर लगाउने घोषणा गरेका छन् ।

अमेरिकाले चिनियाँ सामानमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि कुल करको दायरा १०४ प्रतिशत भएको हो । पहिले नै २० प्रतिशत कर लगाइएको थियो। त्यसपछि ३४ प्रतिशत थप र अर्को पटक ५० प्रतिशत कर थपको घोषणा गरिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर