मिडियाबाजी डटकम काठमाडौँ, फागुन २५। यती एयरलाइन्सले शनिबार एकैदिन सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न भएको छ।
यती एयरलाइन्सको एन–एएमएन एटिआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो ।
नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा शनिबार दिउँसो १२:१७ मा अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो २स्४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो । परीक्षण उडानलाई एयरलाइन्सका प्रशिक्षक पाइलटहरूद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशिले उडान भरेका थिए । उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक तथ प्रतिनिधिहरूको टोली साथमा गएका थिए ।
गत मंगलबार यती एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको छ ।