कृषि अभियान्ता डा. रत्न कार्की सम्मानित

  फागुन २५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २५। नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर. आर.एन. )मार्फत देशका विभिन्न जिल्लामा आधुनिक कृषिका लागि अभियान चलाउँदै आएका डा. रत्नबहादुर कार्की सम्मानित भएका छन् ।

उनलाई आफ्नै गृहजिल्ला दोलखाको जफे-झुले सुतार कार्की सरोकार समाजले भर्खरै विद्यावारिधि सम्पन्न गरेका डा. रत्नबहादुर कार्कीलाई यो सम्मान दिएको हो ।

कार्यक्रम सुतार कार्की सेवा-समाजको केन्द्रीय अध्यक्ष श्री दिव्यध्वज कार्कीको अध्यक्षतामा संचालन भएको थियोे । सो कार्यक्रममा समाजसेवी वसन्तराज कार्की, देवराज कार्की , पूर्व प्रशासक शिव कार्की / अवकाशप्राप्त ब्रिगेडियन जनरल विजयध्वज कार्की लगायतले डा. कार्कीलाई बधाई तथा शुभकामना दिएका थिए । डा. कार्कीले चेक रिपब्लिक विश्वविद्यालयको फ्याकल्टी अफ एग्रीकल्चर एण्ड टेक्नोलोजीबाट ‘नेपालको पहाडी क्षेत्रमा दीगो कृषिको संभावना’ विषयमा विद्यावारिधि [ पीएचडी ] पूरा गरेका हुन् ।

सम्मान कार्यक्रममा डा.कार्कीले अलिक भावुक हुँदै – आफू स्वदेशमै रहेर कृषि क्षेत्रलाई स्तरोन्नतिका लागि केही गर्ने अठोट बोकेकाले विद्यावारिधि केही समय ढिलो भएको बताउनु भयो । कार्की कुलमा जन्मिएर डा. कार्कीले गर्नुभएको प्राज्ञिक कर्म र स्वदेशमै रहेर कृषि क्षेत्रमा पुर्‍याउनु भएको निस्वार्थ सेवाको प्रशंसा गर्दै यो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा युवा गायक नवीन कार्की, डा. प्रेरणा भट्टराई कार्की, कवि तथा निबन्धकार श्रीबाबु कार्की, गजलकार जीत कार्की समाजसेवी तथा राजनीतिकर्मी भवेन्द्र कार्की लगायत कार्की परिवारका विभिन्न क्षेत्र र तहका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियोे ।

तपाईंको प्रतिक्रिया

थप खबर