देशभर आगलागी र डढेलोका घटनामा बृद्धि, सावधानी अपनाउन आग्रह

  माघ २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २७ ।  सल्यानको श्रीनगरमा चलिरहेको महोत्सव स्थलमा आगलागी हुँदा ८० वटा स्टल जलेका छन् । गएराति ११ बजेतिर शुरु भएको आगलागीमा महोत्सव स्थलमा राखिएका एक सय ३८ स्टलमध्ये ८० स्टल जलेका हुन् । भन्डै १० करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा यही माघ १८ गते देखि महोत्सव सञ्चालन भइरहेको थियो । सुख्खायामसँगै पछिल्लो समय देशभर आगलागी र डढेलोका घटना बढेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अस्ति बिहानदेखि हिजो बिहानसम्ममा देशभरका १४ ठाउँमा आगलागी हुँदा १८ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको थियो । यस्तै गएको पुष १ गतेपछि काठमाण्डौमा मात्रै आगलागीका ३४ वटा घटना भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर