मिडियाबाजी डटकम काठमाडौँ , पौष २५ । ६ दिनको उकालो यात्रा पछि आज सेयर बजारमा करेक्सन आएको छ ।
साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकले घटेको हो । बुधवार ६.३८ अंक, मंगलबार ६.१६ अंक, सोमबार ४९.१२ अंक र गत आइतबार ४.६३ अंक ले बढेको थियो । आज बजार १८.१९ अंक घटेको हो । आज बजार परिसूचक २ हजार ६३५.०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज होटल तथा पर्यटन समूह ६६.२९ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् । बजार घटेपनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।