मिडियाबाजी डटकम काठमाडौँ , पौष २५ । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूको सबै बहस सकिएको छ ।
बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि बिहीबार दिउँसो १ बजे जवाफी बहस सकेपछि अब आदेश बाँकी भएको छ ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले सबै बहस सकिएकाले आजै साँझसम्म पुर्पक्षसम्बन्धी आदेश आउने सम्भावना रहेको बताए ।