एसईईलाई अब प्रदेश सरकारलाई हस्तान्तरण गरिने

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , पौष २५ ।  सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।
आज शिक्षा पत्रकार सञ्जाल इजोनले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने तयारी थालेको बताएकी छिन् ।

त्यसका साथै, राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ । हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएको छ। नतिजा सुधारको लागि पनि सुधारको लागि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन् । मन्त्री भट्टराईका अनुसार अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन कार्यान्वयनमा अगाडि बढेको छ । कक्षा ९ र ११ मा रजिस्ट्रेशन शुल्क नलिने निर्णय भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर