मिडियाबाजी डटकम काठमाडौँ , पौष २५ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान गरेका छन् । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोइराला बेलायत प्रस्थान गरेका हुन् ।
बेलायत प्रस्थान गर्नुअघि कोइरालाले बेलायतको संसद भवन वेस्ट मिन्स्टरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आफू त्यसतर्फ जान लागेको जानकारी गराएका छन् । उनकाअनुसार यही पुस २९ गते वेस्ट मिन्स्टरमा कार्यक्रम हुनेछ ।
बेलायतमा रहँदा कोइरालाले नेपाली कांग्रेस र बेलायतको लेबर पार्टीका नेताहरूसँग पनि भेट्ने छन् । बीपी कोइरालाको पालादेखि नै नेपाल र बेलायतबीच सम्बन्ध रहिआएको उनले उल्लेख गरेका छन् । बेलायतमा रहँदा आफूले लेबर पार्टीका मन्त्री, सांसद र विपक्षी दलका नेताहरूसँग भेटघाट र कुराकानी गर्ने कोइरालाको भनाइ छ ।