रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जनालाई थप १५ दिन थुनामा राख्न अदालतको अनुमति

  चैत २५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २६।  १५ चैतमा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका २० जना थप १५ दिन थुनामा बस्नुपर्ने भएको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप १५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबार अनुमति दिएको छ । उनीहरू १५ चैतको राति पक्राउ परेका थिए । त्यो दिन दुई जनाको मृत्यु र ५० जनाभन्दा धेरै घाइते भएका थिए भने करोडौँको निजी तथा सरकारी सम्पत्तिमाथि तोडफोड तथा आगजनी भएको थियो ।

उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उनीहरूलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो । यो प्रकरणमा प्रहरीले मंगलबारसम्म ७३ जनालाई पक्राउ गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर