मिडियाबाजी डटकम काठमाडौँ फागुन २४। आज मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल ल क्याम्पसको इतिहासमै पहिलोपटक स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष पदमा नारी उम्मेदवार प्रत्यासी बनेकी छिन् । उनी हुन् एलएलम दिवा समूह दोस्रो सेमेस्टरमा अध्ययनरत प्रियंका साउद।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट तीन जना अध्यक्ष पदका प्रत्यासीहरूमा प्रियंका साउद,समिर रिजाल रोहित ओझा रहेका छन् । जसमा साउदको समर्थनमा धेरै विद्यार्थीहरू रहेका छन् एक विद्यार्थी सामाजिक सञ्जालमा लेख्छिन् ” सोचौं हाम्रो नेतृत्व गर्ने यी महिलालाई दिँदा उत्तम होला कि हामी महिलाको आवाज बन्ने छौँ भनेर भन्ने हाम्रा पुरुष नेताहरूलाई? यी सबै प्रश्नको उत्तर हामीले आफैंलाई दिन जरुरी छ… आज महिला प्रतिनिधित्व Vital पदमा उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष पदमा मात्र किन? कि हामी हिचकिचाइरहेका हौं एक महिलालाई नेत्रीत्व गर्न दिएर उसको मातहतमा रहि काम गर्न? शसक्त उम्मेदवार प्रियंका साउदलाई , जसले विद्यार्थीहरूको खास प्रतिनिधित्व गरिरहेकी छिन्, उनीहरूको आवाज बनीरहेकी छिन् !हिजो विद्यार्थीसँग महिला नेतृत्वको अभाव थियो होला, तर आज एक सक्षम महिला नेतृ हुँदा-हुँदै पनि उसको लागि आवाज किन उठेको छैन? उसलाई नेतृत्वको अवसर प्रदान गर्नुपर्ने आवाज हाम्रो किन छैन??के नारीहरू तयार छैनौं र नेत्रृत्व गर्न? के हामी सक्षम छैनौं यो जिम्मेवारी बहन गर्न? ………”
आउँदो स्ववियु चुनावका लागि अध्यक्ष पदको उम्मेदवार आकांक्षी प्रियंका साउदले विद्यार्थीहरूले आफ्नै आवाज, नारीहरूको बहुल्यता भएको नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष बनाउने सपनाका लागि विद्यार्थीहरूको साथ र सहयोगको धेरै अपेक्षा राखेको छिन्।
साउद भन्छिन् ” नारीहरूले अब नेतृत्व छान्ने समय आएको छ,उनीहरू प्रतिनिधित्वमा उप र सह पदमा मात्रै सिमित हुने होइन सम्पूर्ण विद्यार्थीहरूले म प्रति जुन विश्वास र सपना देखेका छन् म त्यो पूरा गर्ने छु दुवै स्वरूपमा नारी पुरूषको आवाज बोल्ने छु यी सबैका माझमा, सबै विद्यार्थीका लागि सधैंका लागि “
को हुन् प्रियंका साउद ?
सुदूरपश्चिम प्रदेशको अछाममा जन्मिएकी विद्यार्थी नेत्रृ प्रियंका साउद नेपाल ल क्याम्पसमा एलएलम दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्। उनले नेपाल ल क्याम्पसमा गत २०७९ साल चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा ६४७ मत ल्याई विजयी भई उनी प्रत्यक्ष तर्फबाट निर्वाचित स्ववियु सदस्य हुन्। साउद अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को विदेश विभाग सचिव हुनुका साथै, यसभन्दा अगाडि उपत्यका विशेष बागमती प्रदेश कमिटीमा सह-सचिव पदमा समेत रहेकी थिइन्।

आगामी चैत ५ नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ जसमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) , आदि विद्यार्थी संगठनहरूको उम्मेदवारी परेको छ।