मिडियाबाजी डटकम काठमाडौँ, फागुन २४ । जाजरकोटको शिवालय गाउँपालिका–१ नजिकै युवकको शव फेला परेको छ । शनिबार बिहान अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार शनिबार बिहान भेटिएको शव जाजरकोटकै छेडागाड नगरपालिका १२ का राजु सिंहको हो ।
जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले भेटिएको शवमा केही चोट देखिएको बताए । उनले भने, ‘भेटिएको शवमा केही चोट देखिएको छ । स्थानीयका कारण शव उठेको छैन् । मृत्युको कारण चाँही पोष्टर्माटम रिर्पोटपछि थाहा होला ।’ शव भेटिएपछि स्थानीयले बिहानैदेखि शिवालय गाउँपालिकादेखि छेडागाड नगरपालिका जोड्ने सडक अवरुद्ध पारेका छन् ।