काठमाडौँ महानगरबाट सिप सिकेका ५० प्रतिशत व्यक्तिले पाए रोजगार

  फागुन २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २४ ।  काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको सीप अन्तर्गत अटोमोबाइल्सतर्फ ५० प्रतिशतले रोजगारी पाएका छन् ।
महानगरले दिएको जानकारी अनुसार अटोमोबाइल्स तालिम लिएका एक सय जना मध्ये ५० प्रतिशत रोजगारीमा तथा स्वरोजगार भएका छन् ।

सीप मेला २०८१ मा १ सय जना सहभागीले अटोमोबाइल्स तालिम पूरा गरेका व्यक्तिलाई महानगरपालिकाले सम्पर्क गरेर रोजगार, स्वरोजगारका विषयमा जानकारी लिँदा ५० प्रतिशत रोजगारीमा रहेको जानकारी प्राप्त भएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिइन् ।
केहीले भने व्यवसायिक क्षमता बढाएर आफ्नै व्यवसायलाई उत्थान गरिरहेको सूचना आएको निरौलाको भनाई थियो ।

‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम दिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर