मिडियाबाजी डटकम काठमाडौँ, फागुन २४ । आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानको माग सम्बाधन गर्न थारू कल्याणकारिणी सभाले सरकारलाई आग्रह गरेको छ ।
सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै गुठीपीडितको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।
दाङको देउखुरीबाट आएका पीडित किसान एक महीनाभन्दा बढी समयदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन् । दाङमा चरणबद्ध आन्दोलन गर्दा पनि माग सुनुवाइ नभएपछि उनीहरू काठमाडौं पुगेका हुन् ।
माघ २० गतेदेखि धर्नामा बसिरहेका स्वर्गद्वारा गुठीपीडित किसानसँग सरकारले वार्ताको पहल नगरेको थारू कल्याणकारिणी सभाले जनाएको छ।