मिडियाबाजी डटकम काठमाडौँ , पौष २४ । सेयर बजारको उकालो यात्रा कायमै छ । बुधवार पनि बजार ६.५३ अंकले वृद्धि भएको छ ।
उक्त दिन बजार परिसूचक २ हजार ६५३.३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज पनि विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त समूह हरियाली भएका छन् । त्यस बाहेक वाणिज्य बैंक, लगानी समूह, व्यापार, निर्जीवन बीमा लगायतका समूह भने घटेको छ ।
बजारसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज ६ अर्ब ४० करोड ७६ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार १२६ कित्ता सेयर किनबेच भएको छ ।