मूलपानी क्रिकेट रङ्गशालाको स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

  १९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , पौष २४ । संसदीय समितिले मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । आज संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिवलगायतसँग छलफल गरेर समितिले रङ्गशाला निर्माणका लागि छिटो आर्थिक स्रोत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

सरकारले मूलपानी क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरिसकेको छ । पुल्चोक इन्जिनियरिङ कलेजले बनाएको डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ । जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ । यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ । उनीहरूका अनुसार पानी परेको १० देखि १२ मिनेटभित्र मैदान खेल्न तयार हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर