मिडियाबाजी डटकम काठमाडौँ, फागुन २३ । मन्त्रिपरिषदको बुधबारको बैठकले गरेका विभिन्न १९ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन् ।
बैठकले सचिवको सरुवादेखि दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । त्यस्तै, विभिन्न प्रतिस्थापन विधेयक संसदमा लैजाने निर्णय भएको छ ।

