‘हाम्रो लक्ष्य देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने हो’ : प्रधानमन्त्री ओली

  फागुन २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २३ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा रोजगारी खोज्ने भन्दा रोजगारी सिर्जना गर्ने हुनुपर्ने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उच्च शिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्य अनुसार नीति निर्माण, पूर्वाधार विकास र गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्ने काममा सरकार लागि रहेको बताए ।

‘हाम्रो लक्ष्य देशलाई समृद्धिको नयाँ युगतर्फ अघि बढाउने हो, यसका लागि शिक्षा मूल आधार हो,’ मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘उच्च शिक्षालाई समाज र राष्ट्रको रूपान्तरणको अभिन्न अंग बनाउन सरकार प्रतिवद्ध छ ।’ प्रधानमन्त्री ओलीले विश्व बजारलाई ध्यान दिएर जनशक्ति उत्पादन गर्न उनले विश्वविद्यालयलाई सुझाव दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर