एमालेको निष्कर्ष : कांग्रेससँगको सरकारले आशा जगायो, १४ प्रस्ताव पारित

  पुष २३, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , पौष २३ । सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेससँग बनेको सत्ता समीकरणबाट जनताले धेरै आशा गरेको बताएको छ । तीन दिनसम्म पार्टी मुख्यालय, च्यासल ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले समसामयिक विषयका १४ वटा प्रस्ताव पारित गर्दै अहिलेको सत्ता समीकरणबाट जनताले धेरै आशा गरेको जनाएको हो ।

१४ मध्ये पहिलो प्रस्तावमै एमालेले राजनीतिक स्थायित्वको लागि कांग्रेससहितको सरकारसँग जनताले धेरै अपेक्षा गरेको जनाएको छ । ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै एमालेले अर्थतन्त्रलाई गतिशील, सुदृढ गर्दै राजनीतिक स्थायित्वमा अगाडि बढ्ने संकल्प गरेको छ ।

कांग्रेससँग भएको सहमति कार्यान्वयन र सरकारको सफलताका लागि हरसम्भव योगदान गर्ने एमालेले जनाएको छ । पछिल्लो समय भ्रामक र झुट्टा सूचना प्रवाह गर्ने क्रम बढेको भन्दै एमालेले नियामक निकायहरूलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छ । ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह पनि गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर