मिडियाबाजी डटकम काठमाडौँ , पौष २३ । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधानको भविष्यसँग पुराना पुस्ता भन्दा पनि नयाँ पुस्ताको भविष्य जोडिएको बताएका छ्न् ।
मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधन माथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले निश्चित उमेर समूह पार गरेका मानिसहरूलाई भन्दा पनि नयाँ पुस्तालाई संविधानको बढी महत्व हुने बताए । संविधानले ठिक ढङ्गले काम गर्दा सबैभन्दा लाभ लिने र संविधानले राम्रोसँग काम नगर्दा लामो प्रभाव पार्ने पनि नयाँ पुस्ता नै भएको उनको धारणा छ ।