बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ हुँदै

  पुष २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष २३ । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्धय डा नहकुल सुवेदी र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्र प्रसाद घिमिरेले टिप्पणी उठाएर दायर गरेको सो मुद्दामा यसअघि गत कात्तिक १ गते कारण देखाउ आदेश जारी भएको थियो । कात्तिक १ गते सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसमा उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ हुँदै कारण माग गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर